Tuesday, May 29, 2007

Rafting in Bhotekoshi


Getting started


Get



Set



Go!!! --- In the surf


Time to Rest


Banepa ko saalik jalaudai raake julus

Thursday, May 17, 2007

and it was awesome

"तिम्रो नाम?"
"आशा"
"अनि तिम्रो?"
"कुमारी!"
"अनि तिम्रो नी?"
"सुनीता!"
"तिमीहरु दुइजना चाहि दिदी बहिनी हो?" (आशा र कुमारीलाइ देखाउदैं, उनीहरुको अनुहार मिल्दो थियो)
"हो"
उनीहरु त्यो सुनसान जंगली पाखोमा सल्लाको खबटा खोज्दै थिए। ए-एउटा पुरानो डोको थियो सबैसंग।
"यो केको लागी बटुलेको नी?"
"बाल्नलाइ"! "यो चाहि भैसीलाइ ओछ्याउन" ( सुनीताको डोकोमा चाहीं खबटा नभइ सल्लाको सुकेका पात थिए)
"तिमी स्कुल जान्छौ?"
कोहि बोलेनन्, खाली 'अँ' को भावमा मुन्टो हल्लाए।
"कति कक्षामा पढ्ने नी?"
आशा: "म ६ मा"!
कुमारी: "हैन हैन १ मा"!
आशा: "हैन हैन, जहिलेनी जे पायो तेहि (jpt) भन्छे यो"! (बाकी दुईजना १ कक्षामा पढ्दा रैछन)
"ल ल, तर तिमीले त निकै पढेकी रैछौ नी त"
हेर्दाखेरी आशा निकै सानी देखिन्थिन्। उनीहरुको घर पारी पट्टीको डाँडामा थियो क्यारे। तर सल्लाको जंगलमा, तेसमाथी यो सुख्खा मौसममा सल्लाको खबटा निकै पाइन्थे, जताततै।
हामी केहि बेर सुस्ताएपछि फेरि यसो उकालो लागेका थियौं। तर केहि बेर हिडेपछि पनि सोचेको जस्तो landscape नदेखेपछि 'भैगो भो' भन्दै फिर्ता आउदै थियौ। केहिबेरमै उनिहरु बाटोमा भेटिए। रोकिनुको कुनै अर्थै थिएन, हामी फेरी उहि बाटो फर्केर पैला बसेको ठाउंभन्दा अन्तै तिर लाग्यौं।
कस्तो ठाउं रैछ यो, यो जंगलमा केहि फलफुलको रुख छैन कि क्या हो? (हामी संग भाको मिरिन्डा, चाउचाउ, चकलेट सबै सकिसकेका थिए, दिनको समय मध्यान्ह कटिसकेको थियो, तेसैले भोक लागेजस्तो भैराथ्यो)
"कहां हुन्छ त सबै जंगलमा फलफुल? यो घरपालुवा जंगल हैन नी" – एउटा मजाक!
हुन त म पनि भन्दै थिएं केहि बेर अगि – "चरा सरा पनि तेति धेरै देखिन्नन्, कस्तो उजाड ठाउं रैछ!"
तर रमाइलो ठाउं थियो। निकै पछिको फुत्काइ थियो – यो कोलाहलबाट; तेस्माथी संगसंगैको घुमघाम!
एउटा अर्को पानी घट्ट! यो चाही चलिरहेको थियो, क्या मज्जाले। एकचोटीमा २-३ वटा गेडा झर्ने अनि यत्रो ठुलो ढुङ्गाको जाँतो घुमिरहने, अनि तेहि रफ्तारमा आफै पिनिइरहने। त्यहां हेरचाहको लागि न कोहि थियो न कोहि मकैको पिठो लिनलाइ बसेको थियो। बरु त्यो सुनसान ठाउंमा घट्टको ओतको सदुपयोग गरेर रासायनीक मलका बोराहरु चाही राखिएको थियो। कैलेकाहीं तिनै बोराहरु ओसारिरहेका मान्छे भेटिन्थे बाटोमा। अर्को पनि घट्ट थियो, हामीले अलिबेर अगि देखेको। त्यो नया नया बनेको बोरिङ्ग कच्ची मुल बाटो हिड्दा हिड्दा केहि नया गरौं जस्तो भयो।
"तल तिर जाम्"
तल फेदितिर खोलाको सुसाई माथीसम्म आइरहेको थियो। जाऊँ – जाऊँ लाग्ने गरि। ल त भनेर तल तिर लाग्दा खेरि नै हो त्यो पहिलो घट्ट भेटिएको। तर यो चाहि सुनसान थियो। मान्छे पनि थिएनन, घट्ट चलेको पनि थिएन, तेसैले त्यो पुरानो छाप्रो भुतघर जस्तै देखिन्थ्यो।
"के छ त्यहाँ?,

"कस्तो डरलाग्दो"
बस्नै मन लागेन, हुनत बस्ने ठाउँ पनि थियो त्यहां।
"बरु तल तिर जाम, खोला तिर, तेहा गएर पानीमा खुट्टा डुबाएर बस्ने"
"हुन्छ ल जाम"
दुखको कुरा, तेसपछिको बाटो अलि अप्ठ्यारो रैछ। ओसिलो बाटो, जंगली घासपतिङ्गर, तेसमाथी बाटो त कहा कहा वाटो जस्तो पनि देखिएन। तल खोला देखियो, मनमोहक! तर बीचमा त्यो अप्ठ्यारो भीर आइपर्यो।
"ह्या जाम भो, यस्तो अप्ठ्यारो नी!!!"
हुन पनि हो। unprepared journey को मध्य भाग यस्तै हो। तर यसैमा त छ रमाइलो – रेगुलर त रेगुलर नै भैहाल्यो नि। फेरी सब कुराको एउटा आफ्नै सीमा त हुन्छ नै।
फर्किइयो त्यसपछि।
“बैशाख सकिएको त छैन, तैपनि किन लालीगुराँस देखिदैन यो पाखा भरी?” गुराँसका रूखहरु त टन्नै देखिन्थे, तर पाखो सुन्यै थियो। अझ तल मन्दिरको बाटो भएर माथी उकालो लाग्दा एकजनाले हातमा लालीगुराँसको ताजा फुल बोकेको देखिएको थियो। ल आज एक-दुइटा गुराँस टिप्न पर्छ भन्ने सोंच बनाको, बोर भो।
लौ अब त अल्छि पो लाग्न थाल्यो, हिडाइले थकाएर पो हो कि?
हाम्रा ईच्छासंग प्रकृतिको जोड, उकालो, घाम, भोक, थकाई, निद्रा, सुख्खा मौसम, गर्मी, तिर्खा – र पनि प्रफुल्लित मन। मनै हो सबथोक, मनै हो सुख, मनै हो दुख।

“तिमीसंग त शुरु देखि नै मेरो मनमा अर्कै आत्मीयता थियो, खै किन हो किन, म त तेतिकै डोराइएछु – चुम्बक जस्तै!”
उनीहरु एक अर्कालाइ अडेस लगाएर बसेका थिए, आपसमा गुन-गुन गर्दै थिए, कहिलै नसकिने कुरा! शरिरसंगै एक अर्काको मन पनि छोइरहेका थिए शायद!

मेरो त बाटो अझै लामो थियो। यस्तै हो बाटो र समयको कुरा, लामो र छोटोको कुरा।
यसैपनि समयको चाल चिन्न गारो छ। आइन्स्टाइनको सापेक्षतावादको सिद्दान्त याद आयो : आगो माथी बस – १ मिनट १ घन्टा जस्तो लाग्छ, प्रियतमासंग बस – १ घन्टा १ मिनट जस्तो लाग्छ।
तेस्तै भो क्यारे, समय बित्यो, ढिलो होला जस्तो भो।
“अब फर्किने पो हो की?”
”हो, जाम! भोक पनि लाग्न थाल्यो।”
फर्किनलाई गाडीको पो ठेगान छैन त।
तर डर छैन, मन भए जे पनि हुन्छ। हुन त फर्किने मन पो छैन त यार – हा हा!

“बरु, अस्तीनै गाको ठाउँमा बसेर केहि खाउँ अनि जाऊला हुन्न?”
“गजब हुन्छ”।

बुद्धका आँखामा गहिरो चमक थियो, वरीपरि छर्किएका राता र पहेँला ध्वजाहरु साँझको हावा संगै फहराइरहेका थिए। शान्तिको नशामा मग्न पथिकहरु गोल गोल घुमिरहेका थिए। तर ढल्दो सूर्यको मलीन हुदै गएका किरणमा पनि केहि उदाइरहेको जस्तो देखिन्थ्यो। शायद केहि थियो जो मन भित्र उदाइरहेको थियो, अस्ताउनुको परिभाषालाई धुमिल बनाउदै!

“आजको कफि क्या नमीठो रैछ है”
“कफि त पहिलेको जस्तै हो, आज मीठासको परिभाषा पो बेग्लै छ त हजुर।”

परिभाषा त हरेक कुराको हरेक मान्छेसंग बेग्लै हुन्छ, तेसैले परिभाषा त universal हुन्न नी, कुरा त chemistry को हो, एक अर्काको बीच – जुन अनायासै महसुस हुन सक्छ, र कुरा त तेहि आभाषको हो जस्ले तेहि कफि कैले मीठो र कैले नमीठो लाग्न सक्छ।

ढिलो हुन लागिसकेको थियो, फर्किने बेला गारो पर्ला भनेपनि केहि बेरको साथले लालयीत भएर झन उतै पुगिएको थियो। मनमा मिश्रित भाव थियो – साथको इच्छा र एक्लोपनको डर – एकसाथ।

अन्तिम १५ मिनट पैदल हिडेर घर पुगेर घडि हेर्दा तीन सुई मिलेर आठ-तीस बजाएका थिए।

Tuesday, May 15, 2007

Sunday, May 06, 2007

joke

ok,
here's something for the refreshment:

A man is giving a speech at his lodge meeting. He gets a bit carried away and talks for two hours. Finally, he realizes what he is doing and says; "I'm sorry I talked so long. I left my watch at home."
A voice from the back of the room says, "There's a calendar behind you."

Friday, May 04, 2007

यो बोरिङ्ग शुक्रबार

आज पनि यत्तिकै भयो,
जांचपछि यसो फ्रि भएर घुमघाम गर्ने भनेको, शुक्रबार - Weekend, पनि तेत्तिकै भयो।

क्या बोर!
क्या रिस उठ्दो!

Thursday, May 03, 2007

back with more ramblings

ok here i go, words from my tired day, but with a great relief.
I just finished my papers of this round. It was really tiresome and exasperating because it ran for almost 2 months straight.
and English literature is not that tough and boring – I didn’t do good in the papers though. Very interesting texts and appreciations, I feel bad that I didn’t give enough time on it. It would have been really awakening and insightful study I could have. Never mind, some one closer is following the lead, I am going to leave that part incomplete this time.

It’s amazing how you treat a fictional character as if it was a real one. Thinking about his/her behavior, attitude, and even psychological aspects. But I love philosophy, all about knowledge and its source, very abstract and thought provoking domain.

And,
What's new?
And someone said what is not new?
… lots of things going on around, but just felt like dipping into a reverie.

Due to this juxtaposition of timing and necessities, I missed few things; few good things and probably few bad things too 

I couldn't attend the BLOGAN meet; however I do not regret it that much. [I don’t think I am that kinda active bloggers who has to participate in meetings, I haven’t contributed to the agenda-driven blogging; so I better remain silent and continue my occasional jpting.]
I missed some of my personal project updates, got some glitches with clients. And I am really thankful to my clients who have been patient and still wait for me to continue. 
And exceptionally my friends have been so supportive to me, especially even in my inability to continue my contribution; they have been appreciating me…
And with some friends, I have been really unresponsive and irritating with my hummings all the time.  NO words and only humming if any.
I have also missed some of the new works. That’s not that bad, I hope so, coz grapes are sour sometimes (really they are), and I believe I was after the apple, or pineapple or whatever, better things than grapes.
I don’t know why but I think I am avoiding changes and maintaining my uniformity more than necessary, was that necessary or is it just the justification - - I know not.

So, that’s all with my jpt.
[but in fact jpt wouldn’t have been a good way to go, jpt is ofcourse jpt.]


I always have complains on my own timing. Irregularities and indecisiveness.
Blogging is no exception. My jpt and my jpt timing.