Wednesday, March 21, 2007

आजको कुरा, हिजोको कुरा!

कलमले के लेख्ला, त्यो अमुर्त कुरा
म के भनुंला, त्यो नबुझिने कुरा
कसले के सुन्ला, कसले के बुझ्ला
मैल भन्न चाही चाहि, लुकाएको कुरा!

Tuesday, March 20, 2007

चार दिनको दैनिकी

चार दिनको दैनिकी
मलाई नसोध
चार कोटी दिन
बिताएको छु, मरेर!
याद छैन कसरी
याद छैन के गरी
उडाउदैछु स्वास, बेतौलको
कहिं कतै
मोल नजानेको ब्यापारी झैं
नाफा कि घाटा, राम्रो कि नराम्रो
निष्कर्षहिन समय-कटाई
दिशाहिन बाटो हिडाई

यतै कतै थिएं
अघि भर्खर,

यतै कतै थिएं
भोली पनि!
एउटा स्वार्थ,
अन्तरकुन्तरमा जेलिएको
मेरो हरेक स्वासमा रुमलिएको
एउटा स्वार्थ
जसको परिचय मैले बिर्सेको छु
जो मसंग हरदम
हरपल
टासिएको छ
जसको अनुहार मैले बिर्सेको छु
जसलाई मैले देखेको छु
जसलाई मैले नदेखेको छु
डोर्याउछ, उसैले मलाई
राम्रो कि नराम्रो!
आज,
मेरो परिचय
मैले बिर्सेको छु,
मेरो पथप्रदर्शकको अमुर्ततामा
मैले
मेरो जिन्दगिको गति गुमाएको छु
मेरो जिन्दगिको गन्तब्य हराएको छु!
फगत हिडाईले,
फगत हेराईले, - कहां पुर्याउला
नलेखिएको पानामा
सानो मैनबत्तीको डेडलाईन
मेरो कलमको डौडाईले
कहां पुर्याउला,
मेरो एकटकको समरदौडमा
तिम्रो हातको न्यानोपनले
कहां पुर्याउला!
क्षणभरको ठोक्काईले उद्वेलित
यो तातोपनाले
कहां पुर्याउला
कहिं न कहिं
नदेखिएझैं
नचिनिएझैं
यो मेरो भाव तरलता

चार दिनको दैनिकी
मलाई नसोध
चार कोटी दिन
बिताएको छु, मरेर!

Sunday, March 18, 2007

फूलसँग आँखा जुध्नु

फूलसँग आँखा जुध्नु
साह्रै दुःखको कुरा !
यहीँबाट प्रारम्भ हुनेछन्
आगामी सुन्दर भूलहरू !!

अस्ती देखि लेख्छु भनेर सोच्दा पनि तेतिकै भयो, खासमा म केहि समय देखि खाली भाको छु। पहिला केहि थियो र त्यो अब छैन भन्दा पनि खासै केहि भेटिएन, तेसैले अलमल परेर चुप लागेर बसें।

अस्ती हतार हतारमा नेपालीकलासाहित्य डट कम नामक वेब पत्रिकाको काम गर्नु पर्यो।
यहि अचानकको कामले पेलानमा पारेपछि ३ दिन पछि मात्र सास फेर्न पाईयो, र अन्त्यमा तेहि काम बीचबाट मोमिलाजीका यी ४ पंक्ति - साइटको शीर्ष पेजबाट निकालिएको।

आगामी सुन्दर भूलहरु!!!
भुलहरु, सुन्दर! के हो के हो!
:)

Sunday, March 04, 2007

मेरा टुक्राहरु

मेरो निशब्द साथी
मेरो स्वासको बहावमा
कहि कतै,
मेरो उपस्थिति नदेख्दा
विचलनमा,
म,
सन्तुष्ट छु, खुसि छु
...
हिजो,
मेरो रक्तकोषमा
एकनासको गुन्जन,
बेसुरमा गाइएको सुरीलो धुन
पर्दामा बसेको छाप!

आज,
मेटियो, चकनाचुर
यता-उता -- छरपस्ट -- मेरा टुक्राहरु
सन्तुष्ट छु, खुसि छु
...

मेरो नया सग्लोपन,
मेरो नया परिचय
मेरो नया अस्तीत्व!

तिमी!!!