Sunday, February 25, 2007

...




किताब माथी,
उज्यालोको पोखरी -
यो मैनबत्ती!

आजकल सधैंभरी बिजुलीमा पढ्न पाइन्न, तेसैले मैनबत्ती मेरो सांझको साथी। अस्ती तेसरीनै बेलुका पढ्ने बेला लेखेको हो यो।

[photo courtesy: aakash_vakil@flickr]

Monday, February 19, 2007

हाइकु!

उडेर आउ,
म ढुकढुकी गन्दै
पर्खीरहेछु!

Sunday, February 11, 2007

पहिला बाचौं, तेस्पछि equation हेरौंला!

मेरा साथीहरु, तिमीहरु बाच्ने कुरा चाही किन गर्दैनौ?
गुनासाले तिमी भरिएको छौ, त्यहि गुनासोको अन्तरद्वन्द बोकेर हिड्छौ, तेहिमा अलमलिन्छौ, जताततै गुनासो मात्रै।
तर जीवन खै त?
तिमीले बाचेको खै त?
मलाइ तिम्रो equations संग रिस उठ्छ। साच्चै भन्ने हो दिक्क लाग्छ।
तिमी भित्रको अनेक तानाबानाहरुको उपज हुनसक्छ यो सब, तर यार, सास फेरेर त हेर, जीवनलाइ जीवन जसरी बाचेर त हेर।
कति lateral thinking लगाउने, कति हिसाब किताब गर्ने? हिसाब किताब गर्दा गर्दै केको लागि हिसाब गर्दैछौ – त्यो नै बिर्सने त हैन?

Keep it cool buddy, keep it cool!


सास फेरेर हेर।
तिमीसंग भएको जीवनलाई महसुस गरेर हेर।
पहिला बांच तेस्पछि मात्रै अरु कुरा हुन्छ!
नत्र केहि छैन!
केहि छैन।

Tuesday, February 06, 2007

बिताइएछ जिन्दगि!

टाइम टाइम भन्दा भन्दै बिताइएछ जिन्दगि
जिउछु जिउछु भन्दा भन्दै मरीपो सकेछु,
मनका कुरा पोख्छु भन्दा भन्दै पोखिइसकेछ जिन्दगि
थाहा नै भएन, .. .. .. ब्यर्थ भएछ जिन्दगि!

राजुको कविता हो यो। च्याटको सिलसिलामा कविता बनेको जिन्दगिको कथा!

तर साथी, संघर्ष कहिले ब्यर्थ हुदैन, यो कुरा चाही नबिर्स!
[त्यसमाथी संघर्षलाई साथी बनाको छौ, ब्यर्थ त हुदै हुन्न नी :) ]

Monday, February 05, 2007

तिमीमा शायद मेरो सारा ब्रम्हाण्ड अटाउला!


शब्द खोज्दा भेटिएन, त्यसैले जे भेटियो तेहि राखिदेको छु। केहि अर्थ लाग्ला कि भनेर।
बाकी चाहि हेर्नेकै हातमा, जे अर्थ लगाए पनि हुन्छ।