सपनाका कुरा, अनि
पुनर्संरचनाका कुरा
आंखा अगाडीको तरल दृष्य,
खोज्दै हिडेको ‘नदेखिने कुरा’!
शब्द शब्द गुन्जन्छ
मानसपटलको पर्दामा,
अर्थ की अनर्थ, साचो की झुठ,
मैले बोल्ने ‘नबुझिने कुरा’!
घुम्दा घुम्दै अन्तै पुग्ने
लरबराउने पाईलाबीच,
बिराइनुमै खुसि देख्ने
मेरो प्रयासको ‘पट्यारिलो कुरा’!
बुझाइ र भोगाइ बीच
पल पल जीउनु कति सरल,
पजल जीवन गजल मान्ने
मैले ठानेको ‘नमानीने कुरा’!
कोरी बस्नु कता कता
लेख्न जान्नु कता कता,
ढांटि ढांटि तिम्रो यादमा
मेरो नीद हराएको कुरा!
बुझाए जस्तो गर्दै गर
स्विकारोक्ती मेरो पनि,
मेरो ध्यान अन्त नभै
तिम्रो आंखामा गएको कुरा!
आजको कुरा, हिजोको कुरा!
कलमले के लेख्ला, त्यो अमुर्त कुरा
म के भनुंला, त्यो नबुझिने कुरा
कसले के सुन्ला, कसले के बुझ्ला
मैल भन्न चाही चाहि, लुकाएको कुरा!
[अन्तिम ४ लाईन मैले तेतिबेलै पोष्ट गरेको थिए। बाकी चाही पछि गर्छु भन्ने सोचेर]
यो खेस्रा मैले धैरै अघि कोरेको थिएँ, त्यो बेलाको मेरो डायरी पल्टाउँदै जांदा भेटियो, र आज - एउटा खास अवसर पनि परेकोले यहिँ राखिदेको छु।
No comments:
Post a Comment