Wednesday, April 25, 2007

चन्द्रमा अनि मेरो कमजोरी

चन्द्रमा,
नीरवताको साथ,
तिम्रो – दृढनिश्चय

मेरो कमजोरी – आशा अनि सपना!
छिन छिनको बहकाई!

झझल्कोमा बनेको ठोस चित्र,
गीतले नबोल्ने
मेरो निशब्दता!
मेरो कमजोरी
पर्खनुको पीडा, पर्खनुको नशा
एउटा मन
एउटा इच्छा
मेरो साथ, मेरो हात
एउटा इच्छा, एउटा डर
दुधले नुहाएको रात
चुपचाप
तरलताको ठोस असर
मन्द मन्द
मदको जस्तो

No comments: