चार दिनको दैनिकी
मलाई नसोध
चार कोटी दिन
बिताएको छु, मरेर!
याद छैन कसरी
याद छैन के गरी
उडाउदैछु स्वास, बेतौलको
कहिं कतै
मोल नजानेको ब्यापारी झैं
नाफा कि घाटा, राम्रो कि नराम्रो
निष्कर्षहिन समय-कटाई
दिशाहिन बाटो हिडाई
म
यतै कतै थिएं
अघि भर्खर,
म
यतै कतै थिएं
भोली पनि!
एउटा स्वार्थ,
अन्तरकुन्तरमा जेलिएको
मेरो हरेक स्वासमा रुमलिएको
एउटा स्वार्थ
जसको परिचय मैले बिर्सेको छु
जो मसंग हरदम
हरपल
टासिएको छ
जसको अनुहार मैले बिर्सेको छु
जसलाई मैले देखेको छु
जसलाई मैले नदेखेको छु
डोर्याउछ, उसैले मलाई
राम्रो कि नराम्रो!
आज,
मेरो परिचय
मैले बिर्सेको छु,
मेरो पथप्रदर्शकको अमुर्ततामा
मैले
मेरो जिन्दगिको गति गुमाएको छु
मेरो जिन्दगिको गन्तब्य हराएको छु!
फगत हिडाईले,
फगत हेराईले, - कहां पुर्याउला
नलेखिएको पानामा
सानो मैनबत्तीको डेडलाईन
मेरो कलमको डौडाईले
कहां पुर्याउला,
मेरो एकटकको समरदौडमा
तिम्रो हातको न्यानोपनले
कहां पुर्याउला!
क्षणभरको ठोक्काईले उद्वेलित
यो तातोपनाले
कहां पुर्याउला
कहिं न कहिं
नदेखिएझैं
नचिनिएझैं
यो मेरो भाव तरलता
…
चार दिनको दैनिकी
मलाई नसोध
चार कोटी दिन
बिताएको छु, मरेर!
5 comments:
यो कबिता romantic हो कि tragic मैले बुझ्नै सकिन...
तर संघर्षको सबै कबितामा कसै न कसै को न्यानो हात भने सधैं हुन्छ...I like that.
ओहो!
हद हुन्छ यार अमुर्तताको पनि ......!
i think it's kind of tragic in the romance.. he he..
'कसै को न्यानो हात' matra hoina amit derai kura chha jasto chha nabhaye yesari bhata bhat kabita kaha bata furyo?
शुषमालाई धन्यबाद!
Love tthis
Post a Comment