मेरा साथीहरु, तिमीहरु बाच्ने कुरा चाही किन गर्दैनौ?
गुनासाले तिमी भरिएको छौ, त्यहि गुनासोको अन्तरद्वन्द बोकेर हिड्छौ, तेहिमा अलमलिन्छौ, जताततै गुनासो मात्रै।
तर जीवन खै त?
तिमीले बाचेको खै त?
मलाइ तिम्रो equations संग रिस उठ्छ। साच्चै भन्ने हो दिक्क लाग्छ।
तिमी भित्रको अनेक तानाबानाहरुको उपज हुनसक्छ यो सब, तर यार, सास फेरेर त हेर, जीवनलाइ जीवन जसरी बाचेर त हेर।
कति lateral thinking लगाउने, कति हिसाब किताब गर्ने? हिसाब किताब गर्दा गर्दै केको लागि हिसाब गर्दैछौ – त्यो नै बिर्सने त हैन?
Keep it cool buddy, keep it cool!
सास फेरेर हेर।
तिमीसंग भएको जीवनलाई महसुस गरेर हेर।
पहिला बांच तेस्पछि मात्रै अरु कुरा हुन्छ!
नत्र केहि छैन!
केहि छैन।
1 comment:
म गुनासो गर्ने छैन सखा॥
सास फेरेर जीवनको मज्जा लिनेछु॥
राजु
Post a Comment