Monday, February 19, 2007

हाइकु!

उडेर आउ,
म ढुकढुकी गन्दै
पर्खीरहेछु!

11 comments:

Anonymous said...

उडेर आउ,
म आकाश हेरेर
पर्खीरहेछु!

yesto lekhda hunna?

Anonymous said...

उडेर आएँ,
ढुकढुकीको ताल
सुनेर आएँ!

Agyaat said...

म पनि आऐँ सङ्घर्ष॥
उड्न त सकिन, हिडेर आऐँ॥
Sorry, late भएछु॥

Unknown said...
This comment has been removed by the author.
Unknown said...

नबराजको कुरा त ठिकै हो, तर मेरो पर्खाइको intensity लाई ढुकढुकिको गन्ती ले नाप्न खोजेको मात्र थिएं।

अनि ‘अज्ञात’ राजु!
हिडेर आएछौ। बरु तिम्रो नया Pulsar बाइकमै आको भए ढिलो हुन्नथ्यो कि??

अनि ‘she’ लाई मेरो सलाम छ। मेरो कुरा सुनेकोमा र साच्चैनै उडेर फर्कि आकोमा। हा हा।
धरहरा तिर बसेको भए देखिन्थ्यो होला उडेको पनि।

अब भनुं के,
उड्दै आउनेलाई
शब्द नै छैन!

Anonymous said...

उफ....अति भयो ।
यस्तो जेपिटि जेपिटि पनि कहीं हाईकु हुन्छ ..?
५ ७ ५ अक्षर मिलाउँदैमा हाईकु हुने हो र ?
हाईकुको त एउटा लाईनको अर्को लाईनसँग कुनै सम्बन्ध नै हुदैन तर यहाँ त सबै लाईनको कस्तो connection ....( I heard this somewhere...am I right guys ? )

Unknown said...

धन्यबाद अविनाशी,
"यस्तो जेपिटि जेपिटि पनि कहीं हाईकु हुन्छ ..?"

हामीले हाइकु लेखेको नै कहां हो र हजुर? jpt पो त! तैपनि नियमको लागी नियम पालन गरौ न भनेर ५-७-५ मा बांधिएको।
तर मैले बुझे अनुसार, हाईकुको एउटा लाइनको अर्को लाइन संग सम्बन्ध नहुने हैन, बरु पहिलो र दोस्रो लाइनले तेस्रो लाइनलाइ indirectly सपोर्ट गरेको हुन्छ।
तर technically गयो भने, बढि कम्प्लेक्स हुन जान्छ के।
शब्द र सेन्समा घुमेर रमाइलो संग लेखौ।
[खास टेक्निक त मलाई पनि आउदैन, जेपिटि नै हो लेख्ने त]

र अन्त्यमा,

एउटा भेट -
छुटेको न्यानो हात
अझै झल्झली

Samyak said...

मलाई कुर्न,
ढुकढुकी नगन
म आउँदिन।
haha..

Anonymous said...

गजबको डिस्कसन। म हाइकु लेख्‍ने मान्छे त हैन तर संघर्षजीको ब्लगमा हाइकु पढ्दा पढ्दा मलाई पनि यो बारे जान्ने र सके लेख्‍ने जागर चल्यो भन्या।

यहाँ हाइकुबारेको छलफल पढ्दा झन अलमल्ल परियो (५-७-५ र के के कुराहरु) बा। त्यही भएर विकीपेडिया हेरेको त झन गोलमाल। के के हो के के!

http://en.wikipedia.org/wiki/Haiku

त्यो पढेर त झन जाँगर सेलायो। तपाँईहरु बुझ्नु हुन्छ कि? मलाईपनि सजिलो गरि बुझाइदिनु पर्यो है!

Unknown said...

हैन साथी,यो "बुझ्ने" कुरा हैन। जेपिटि लेख्ने हो। कवितामा टेक्निक र नियमको कुरा गर्यो भने, झन बोर हुन्छ। लेख्दै जादा पछि मिल्यो भने मिल्यो, नत्र ठिकै छ।
तेसैले नियम छोडौं, कविता लेखौ, (तेसैले म चाही अकविता लेख्छु भनेको)। तपाईको तेतिबेलाको कमेन्टको लागि मेरो जवाफपनि यहि होला शायद।

तेसैले जांगर चलाउनुस!

मेरो साथीले लेखेको यो कविता याद आयो:
"म देख्छु,
तिम्रो कवितामा
आफ्नो मृत्यु!"

यसलाइ जे भने पनि हुन्छ, नियमले त मिल्दैन, तर मलाई मन पर्यो।

बरु तपाईको कमेन्ट दिनुहोला!

Samyak said...

नियममा बाधिँईन किन खोज्ने?
आफुले आफैलाई किन रेट्ने...?