Saturday, January 06, 2007

हल्का हल्का

अलिकति भएपनि ढुक्क भइयो, कमसेकम परिक्षा छ भनेर टाउको त नदुख्ने भो, तर अचम्म के भने हिजो सम्म बिहान ९ बजे खुल्ने निद्रा आज ४ बजे खुल्यो। क्या यार बच्चा जस्तो! जांच छ भने निद्रा लाग्ने छैन भने नलाग्ने। अझै सुध्रिएको रनैछु जस्तो लाग्यो।
यहि कारणले गर्दा पनि निकै समय यहांबाट (ब्लगिङ्गबाट) भाग्नु पर्यो। तर त्यो भन्दा पनि के हो यस बीचमा निकै डिप्रेसनको जस्तो भान भयो, ब्लगिङ्गमा किन किन इच्छा नै मरेर गयो। कामको पनि तेस्तै पेलान, फेरि पढेको जस्तो पनि गर्नै पर्यो।
हुनत धेरै सोच्यो भने तेस्तै हुन्छ होला, बरु बिन्दास तरिकाले जेपिटि लेख्यो भने कुरै खत्तम।

जेहोस, अब फेरि फर्केको छु, मेरो खासै लेखाइ त हुदैन तर पनि अकविता को अलेखाइलाइ निरन्तरता दिने कोशिस चाहि गर्दै छु, गर्ने विचारमा छु। अलेखाइको कुरा गर्दा यसै प्रसंगमा मिल्दो जुल्दो शंकर लामिछानेको "एब्स्ट्र्याक्ट चिन्तन: प्याज" बाट एउटा अंश साभार गर्न चाहन्छु।

"मलाई सम्झना आइरहेछ, कसरी म प्रेमपत्रहरु पन्ध्र – बीस पेजको लेख्थें। न हात थाक्थ्यो, न मन! र त्यत्ति लेखिसक्दा पनि लाग्दथ्यो अझ भन्ने कुरा व्यक्त भएको छैन!
र आज?
व्यक्त गर्ने कुरा नै पाउंदिन!
लाग्दछ, के मेरो भण्डार रित्तियो? वा मेरो sensitivity मा ठेला पर्यो? होईन, यी कुनै पनि कुरा होइनन्, म यथावत् नै छु भन्ने धारणालाई कुम्लोझै बोकी मेरो अन्तर्मन विद्रोह गर्न खोज्दछ। म कलम हातमा लिन्छु र कामना गर्न थाल्दछु – यसबाट उच्च साहित्य निस्कोस् !
यहीँ, यस चाहनामै, मेरो कमजोरी छिपेको छ।


"
कताकता मेरो कुरा यो अंशमा ब्यक्त भयो कि जस्तो लाग्यो के, तर तुलना गर्या चाहि पक्कै हैन नि।

कुरा के भने अस्ति जांचको लागि पढ्न भनेर १ दिन बिदा लिएर बसेको, दिनभरि नै घाममा बसेर कहिले शंकर लामिछाने, कहिले Gabriel Garcia Marquez पढेर बसें। जब जब समय नजिकिदै गयो, तेसपछि पो शुरु भो टेन्सन (हुन त अघिल्लो दिन सम्म नपढ्ने मान्छेलाई कति नै टेन्सन भयो होला र?)
म टिकेर पढ्नै सक्दिन, हेर्दा मलाई पढन्दास भन्छन मान्छेले, तर म ठीक ऊल्टो छु।
खैर।
अझ भनु भने यसैबेलामा ४ महिना देखि नछोएको गितार निकालेर ट्युन गरे, अनि बजाउन थाले।
काम पाइनस बुहारी ... भने जस्तो,

हुन त यसले केहि नया सोच दिइको छ, सबै कुरालाई नयां दृष्टिले हेर्ने मौका दिएको छ, जाचको यहि एउटा फाइदा छ जस्तो लाग्छ मलाइ। सबै कुराबाट मुक्त भयो अनि आफ्नो भित्रि मनको इच्छा पुरा गर्न तिर लाग्यो। अन्य कामकाजी बेला भाको भए साहित्य कहिले पढ्ने, हबि कहिले पुरा गर्ने! [तर जांचै बिगार्ने गरी चाहि हैन नि :D]

बरु आज धेरै दिन पछि RNAC अगाडिको किताब बजार तिर गएं। काम त थियो तेहि मौकामा फर्किदा खेरि ४ वटा किताब उठाएर ल्याए। Three Men in a Boat, A Farewell to Arms, Animal Farm र Wuthering Heights। अघिल्लो दुइटा त पढिसक्या हो, तर लाइब्रेरिबाट ल्याको थिएं, अहिले देख्दा खेरि आफै संग राख्न मन लाग्यो। पछिल्लो चाहि अलि क्लासिक पर्यो, यिनीहरु चाहि मलाइ संगाल्न मन लाग्छ। साथीहरु संग गाको बेला तेता तिर भुल्न पाइन्न, हतार गर्छन्, एक्लै भाको मौकामा रमाइलै भयो।

No comments: