आजको दिन सारै चिसो, बिहान देखि दिउसो सम्म झन चिसो बढेको जस्तो पो लाग्यो मलाइ त। यै बेला नवराजले झन हाइकु च्याट शुरु गर्यो, लौ त भनेर म पनि शुरु भए।
हाम्रो गफ गाफ जस्ताको तस्तै:
NabRaj says (11:34 AM):
हुँ यात्री यौटा
रुमल्लीएर हीड्ने
कालो रातमा
Sangharsha says (11:30 AM):
हा हा सुने सुनेको जस्तो लाग्यो नि मलाइ त । हा हा हा
चिसो मंसीर
झरीले चिसायो लौ
पानी बैमानी
Sangharsha says (11:32 AM):
चिसो हाइकु
आगो दन्काउ बरु
अझै लेखुला
NabRaj says (11:34 AM):
ha ha
ha ha
जाडो छ आज
हिजो र अस्ति भन्दा
झरी ले गर्दा
NabRaj says (11:36 AM):
हिटर त छ
अलि ठुलो छ कोठा
पुगेन तातो
Sangharsha says (11:37 AM):
कोठाको हिटर
चिसो त मनमा छ
के तताउला?
NabRaj says (11:38 AM):
घाम लुकायो
कालो कालो बादल
पानी पार्दियो
Sangharsha says (11:39 AM):
लुकेको घाम,
तिम्रो मेरो हाइकु,
चिसो न तातो
NabRaj says (11:40 AM):
tato na chharo chhai milthyo ki???
Sangharsha says (11:40 AM):
हो हो, ल तेसो भए
लुकेको घाम,
तिम्रो मेरो हाइकु,
तातो न छारो
Sangharsha says (11:47 AM):
घाम र पानी
चिसो कहिले तातो
जिन्दगानी
NabRaj says (11:50 AM):
झरीको दिन
कम्पुटर तिमी म
हाम्रो हाइकु
Sangharsha says (11:51 AM):
कम्प्युटर, तिमी, म
NabRaj says (11:52 AM):
yep
that's good
NabRaj says (12:44 PM):
ईन्टरनेट
पुर्याउने रे गाँऊ
राम्रो छ कुरा
…
…
यसबेला हामी एउटा साइट हेर्दै थियौं जसमा एकजनाको अथक प्रयासले पश्चिमान्चलको ग्रामीण भेगमा कसरी इन्टरनेट पुर्याइएको थियो भन्ने दिइएको थियो। मैले पनि अस्ति तिर यसो सोच्दै थिए : हुम्ला, कर्णाली तिर गएर ब्लगिंग गर्न पाए कस्तो हुन्थ्यो होला। त्यसकै साकार रुप हो जस्तो लाग्यो। कुन्ती मोक्तानको गीत छ नि एउटा : “मीठो माया हजुरको कहिले पाउने हो
हुम्ला जुम्ला गाडीमा कहिले जाने हो”
हुन त ठेट प्रेम गीत जस्तो लाग्छ तर यसो हेर्दा हुम्ला जुम्ला गाडिमा जाने कुरा चाहि विकाशको तृष्णाले डोराएको जस्तो लाग्यो मलाइ चाहि। प्रेयसीसंग घुम्न त जाने तर नगरकोट हैन हुम्ला जुम्ला। गजब छैन त? एकदम मीठो लाग्यो मलाई। यो गीतका अरु पंक्ति मलाइ खास याद छैन तर मेरो समग्र बुझाइ चाहि यस्तै छ।
…
अब फेरि हाम्रो कुराकानी मै फर्कौं
सांझ परिसक्या थ्यो
...
…
NabRaj said:
पाँच बज्यो त
जाने होइन घर
हिडेको म त
NabRaj says (5:26 PM):
हा हा हाइकु
अति भो, हाइकु
तिम्रो हाइकु
Sangharsha says (5:26 PM):
अब जाउ भो
पुग्यो आजलाइ त
तिम्रो हाइकु
अन्त्यमा यसो फर्केर हेर्दा एक दुई बाहेक खास राम्रो भएनछ, तैपनि गफ गर्दा गर्दै लेखेकोले निकै रमाइलो भाको थियो।
यस्तै गरि सांझमा दुर्गा दिदी संग केहिबेर कुराकानी भाको थियो, उहाले पनि हाइकु सुनाउछु भन्नु भो,
लौ त तेसो भए आजको दिन हाइकुमै समर्पित हुने भो भन्ठानें अनि एउटा जाओस भने। उंहाको लेखाइ :
"हिउदे झरि
प्रेयसिको स्पर्षले
न्यानो झै लाग्यो"
4 comments:
Jaado badhyo ni
K garna sakchhu ra ma
Maile hoina ta
Jaado badhyo ni
K garna sakchhu ra ma
Maile hoina ta
हाम्रो हाइकु
सुनायौ सबैलाई
गर्यौ पब्लिक
What a gret Haiku
Post a Comment