Monday, November 20, 2006

रुन नजान्ने म

मेरो चित्त
गत खादा खादा
मेरो चिता जलेको देखेर
म निकै रोएँ!

तन्द्राको पराकाष्ठा
मेरो बिपना
मलाई जिउंदो पाएर
म निकै रोएँ!

ढुकढुकिको चाल
स्पन्दनको ताल
मेरो स्वास सुनेर
म निकै रोएँ!

खरानीको छारो
झस्किएको आंखामा
निद्रा नलागेर
म निकै रोएँ!

3 comments:

unfoldingreverie said...

यस्तो कविता
मन छुने कविता
अकविताको लेबलमा देखेर
म निकै रोएँ!

सार्‍है घत पर्यो, संघर्ष जी। तपाँईका (अ)कविता पढ्न पाइ राखियोस।

Sangharsha said...

धेरै धेरै धन्यवाद।
छरपस्ट नै भएपनि निरन्तरताको लागि म प्रयास गर्नेछु।

Avinashi said...

ह्या
मैले त केही बुझिन ।