Thursday, September 28, 2006

यसपालीको दशैं

यसपालीको दशैं,
१० बर्षपछि, घर फर्कदै,
संगसंगै,
यो शान्त हावा र उ

आंखामा तृष्णा
मनमा जिज्ञासा
दौतरीको पाईला

अझै मेटिएको छैन कि?

लोकतन्त्रको हावा
मैले भर्खर साटेर ल्याएको नोटमा
श्रीपेच बिनाको राजाको चित्र
ढोंगमात्रै हो कि?

No comments: