Monday, September 18, 2006

चिसो कथा

जाउ बरु कहिं चिसो कथा लेख
म यहि छु, तारा केलाउदै
भेटिएला नभेटिएला त्यो,
यो मृगमरीचिका को दौड


त्यहि थियो हिजो
त्यो पथिक थाकेर
अलमल क्षितिजदेखि आसक्त
अनिश्चित गन्तब्य

तातो हावा
मेरो प्यास बुझाउला
तिम्रो बोली
मलाई बिझाउछ

पलपल यो मृगतृष्णा
झलझल यो सम्झना
म कता जाउं, के गरु
यसको उपसंहार के लखुं

No comments: