Thursday, August 17, 2006

म संसार जित्ने आंट गर्दैछु

म संसार जित्ने आंट गर्दैछु
मात्र तिमी मेरो साथ बसिदेउ
भविष्यले अंगाल्ने गीत म गाउदैछु
मात्र तिमी सुरमा ताल मिलाईदेउ
यहि हो अर्थ रच्नुको
ईतिहासमा अमर रहोस

तिम्रो र मेरो कहानी - सधैं सधैं

जब हिड्दा हिड्दै थाक्छु म कहिलेकाही
त्यतिबेला मेरो आड बनि देऊ
जिन्दगिको मोडमा सोच्न सकिन भने
तिम्रो मिठो बिचार मलाई देउ
यहि हो अर्थ भन्नुको
सपना ठुलो छैन
बिलौना गर्न नपरोस् - जिन्दगिमा

सुनौलो हाम्रो भविष्य साकार हुन्छ
मलाइ भरोसा छ
म हरपल तिम्रो रक्षा गर्नेछु
मात्र तिंमी आत्मबल बनिदेउ

भविष्यले गाउने गीत म रच्दैछु
मात्र तिमी सुरमा ताल मिलाईदेउ
यहि हो अर्थ रच्नुको
ईतिहासमा अमर रहोस
तिम्रो र मेरो कहानी - सधैं सधैं

[courtesy: sabin rai]

No comments: