जहाँ सत्य लुकाएर झुठको साथ लिनु पर्छ
जीवनको परिभाषा अभिनयमा दिनु पर्छ
त्यो झुठको जीवनमा हाँस्न नसकिने भो
नाम मात्रको आशामा बाच्न नसकिने भो
Quoted from
जन्मिदा एक्लै मर्दा नि एक्लै
बीचमा किन साथी चाहियो र
साथी साथी भन्दा भन्दै
भनेजस्तो साथीनै कहाँ पाईयो र
जहाँ चोट लाग्दा पनि मन खुलाई रुन सकिन्न
मुटुले कसैको मुटु छुन सकिन्न
त्यहाँ चोटको अर्थ खोज्न नसकिने भो
निराशाको एक्लोपन रोज्न नसकिने भो
जहाँ सत्य लुकाएर झुठको साथ लिनु पर्छ
जीवनको परिभाषा अभिनयमा दिनु पर्छ
त्यो झुठको जीवनमा हाँस्न नसकिने भो
नाम मात्रको आशामा बाच्न नसकिने भो
- कर्णदास
No comments:
Post a Comment